+
+

मुगुको स्याउले बजार पाएन

रासस रासस
२०७९ असोज ५ गते १२:५०

५ असोज, मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।

स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, ‘छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर  बजार पाउन समस्या परेको छ ।’ स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?