+
+

‘प्रेमगीत ३’ विश्वका १२ सय पर्दामा, साढे ५ करोड भारु ओपनिङको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:२२

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने भएको छ । नेपालमा भने फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी छ । बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्युजपोर्टलले जनाएको छ ।

यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ ।

विश्वभर ओपनिङ कलेक्सन साढे ५ करोड भारु ग्रस हुने जनाइएको छ । ‘प्रेमगीत’को निर्माण लागत पनि ११ करोड भारु रहेको उल्लेख छ । यतिबेला भारतमा एड्भान्स बुकिङ राम्रो रहेको मुम्बईबाट निर्देशन सन्तोष सेनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?