+
+

कोरियाको एलजी ब्राण्डका टेलिभिजन नेपालमै एसेम्ब्लिङ सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १८:२९

५ असोज, काठमाडौं । एलजीका टेलिभिजन एसेम्ब्लिङ नेपालमै सुरु भएको छ । नेपालमा चौधरी ग्रुपको सीजी इलेक्ट्रिोनिक्सले काठमाडौंको सतुंगलमा एलजी टेलिभिजनको एसेम्ब्ली प्लान्ट स्थापना गरेर टेलिभिजन एसेम्ब्लिङ सुरु गरेको हो ।

एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चौनले फ्याक्ट्रीको उद्घाटन गरेका छन् । कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्स इन्क र चौधरी ग्रुपले लामो समयदेखि सहकार्य गर्दै आएका छन् । एलजीको मापदण्ड कायम गरी नेपाली इन्जिनियरलाई तयार पार्न एलजी इन्कबाट निरन्तर पर्यवेक्षण तथा सहयोग प्राप्त हुने समेत चौधरी ग्रुपले जनाएको छ ।

उक्त अवसरमा एमडी चौनले विश्वस्तरीय एलजी ब्राण्ड नेपाली बजारमा लोकप्रिय रहेको बताए । कम्पनीका अनुसार छिट्टै एलजीका घरायसी सामग्री र मनोरञ्जनात्मक उपकरण समेत नेपालमै एसेम्बिङ गर्ने योजना रहेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार ग्रुपले ३५ वर्षदेखि एलजीसँग सहकार्य गर्दै आएको छ । यो प्लान्टमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन भूमिका खेलेको समेत उनले बताए ।

यसबाट नेपालमा रोजगारी विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ छ । गुणस्तीय सामग्री सुलभ मूल्यमा प्राप्त गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।

एलजीले अहिले देशभर ८ वटा शो रुममार्फत आफ्ना उत्पादन बिक्री गरिरहेको छ । एमडी चौनले नवलपरासीस्थित सीजी औद्योगिक पार्क समेत भ्रमण गरेका छन् । सो अवसमा नेपालमै टेलिभिजन प्यानलको उत्पादनको सम्भाब्यता बारे अध्ययन भएको चौधरी ग्रुपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?