+
+

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १८:२६

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणित नगरेकाेमा राष्ट्रपति विद्यादेवी भण्डारी मात्र नभएर संसद् पनि दोषी रहेको बताएको छ ।

पार्टीका प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर अहिलेको परिस्थिति आउनुमा राजनीतिक दलहरुको अकर्मन्यता र राजनीतिक दाउपेच जिम्मेवार रहेको बताएका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘यसर्थ यो गैरसंवैधानिक कदम चालिनुपर्ने परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद्ले बोक्नु पर्छ, राजनीतिक दलहरुले बोक्नुपर्छ ।’

नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफलहरुलाई अर्थहीन बनाएर विधेयक उत्पत्ति गरेबाटै गल्तीको सुरुवात भएको ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ, ‘त्यसपछि सत्ता पक्षको बलमिच्याइँ हावी रहिरहनुले पनि यो परिस्थितिको सिर्जना भएको हाम्रो ठम्याइ छ ।’

‘५ वर्षसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेण्डाको रुपमा प्रयोग गरिनु दूषित राजनीतिक अभ्यास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?