+
+
Shares

ब्याजको लोभमा बैंकमा पैसा थुपार्दैमा उत्पादन बढ्दैन, ब्याजदर घटाउँछौं : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने बताएका छन् । उनले बैंकले दिने ब्याज घटाउन सरकार लागि परेको समेत स्पष्ट पारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १८:४८

५ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने बताएका छन् । उनले बैंकले दिने ब्याज घटाउन सरकार लागि परेको समेत स्पष्ट पारेका छन् ।

बुधबार गोरखाको पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने समेत बताए । सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सूचकांक सकरात्मक अवस्थामा पुगेको अर्थमन्त्रीको दावी छ । केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको समेत उनले जानकारी दिए ।

उनले इतिहास र वर्तमानमा राजनीतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिमा न्याय खोजेको समेत बताए । त्यसको लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाई जोडेर राजनीतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाई सूचना–प्रविधिमा अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने उनले बताए । संघीय सरकार र अर्थ मन्त्रालय यसको लागि तयार रहेको उनले बताए । ‘स्मार्ट सिटीमा गरिबी र अभाव भन्ने कुरा हुँदैन, पालुङ्गटारले त्यो समृद्धिको उचाइ पनि हासिल गर्नेछ,’ उजले भने । मन्त्री शर्माले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तु विस्थापन गर्नुपर्नेमा जोड दिए ।

‘नजिकै नदी बगिरहेको छ, तर हामीले हाम्रा सुख्खा टार सिंचाइ गर्न सकिरहेका छैनौं, यो पानीलाई टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्छ, यसका लागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ,’ उनले भने, ‘बजेट खर्च गर्दै कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु ।’

देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत् आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको उनले जानकारी गराए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको समेत बताए । दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटन गर्न अर्थमन्त्री जनार्दन शर्मा बुधबार पालुङ्टार पुगेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?