+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६५ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/3 (9.1)
Shares

अभियान लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने

अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १८:००

७ असोज, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीका साधारण र संस्थापक गरी कुल २५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचिकृत भएको छ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ। नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि पछिल्लो आर्थिक वर्षको अडिटेड ब्यालेन्स सीटको नेटवर्थदेखि नेटवर्थको ३ गुणा ओपनिङ रेञ्ज तोक्ने गर्छ ।

सोही रेञ्जको बीचमा नेप्सेको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार सुरु भएपनि दोस्रो बजारमा नियमीत कारोबार गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?