+
+

आँखाभरि आँसु लिएर विदा भए फेडरर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १६:३५

८ असोज, काठमाडौं । टेनिसका महान खेलाडी स्वीट्जरल्याण्डका रोजर फेडररले आँखाभरि आँसु पार्दै खेलाडी जीवनबाट विदा लिएका छन् ।

यो खेल यस कारण पनि महत्वपूर्ण थियो, किनकी लेभर कपको यो खेलमा उनका साथी लामो समयसम्म प्रतिद्वन्द्वी रहेका राफेल नाडाल थिए । खेलपछि कोर्ट छाड्दै गर्दा ४१ वर्षे खेलाडीका लागि दर्शकहरुले उठेर लामो मसयसम्म ताजी बजाए ।

टेनिसको इतिहासका सफल खेलाडी फेडेररले २० ग्राण्डस्लामको उपाधिमा आफ्नो नाम राखेका छन् । खेलपछि विदाइ सम्बोधन गरेका फेडररले भने, ‘म निकै खुुसी छु, दुखी छैन । यहाँ आएर मलाई राम्रो लागेको छ ।’

लण्डनको ओटू एरियामा भएको यो खेलमा हजारौं प्रशंसक यो ऐतिहासिक पलको साक्षी बन्न उपस्थित भएका थिए । फेडररले जब नाडाल र आफ्ना साथी खेलाडीलाई अंकमाल गरे, आँसु रोक्न सकेनन् ।

नाडालले पनि आफूलाई रोक्न सकेनन्, फेडररसँगै आँसु झारे । ३६ वर्षे स्पेनिस खेलाडी नाडाल उनीसँगै बसेका थिए ।

पुरुषतर्फ फेडेरर र नाडाल लामो समयसम्म एकअर्काका प्रतिस्पर्धी थिए । तर लेभर कपमा युरोपको तर्फबाट मिलेर खेलेका थिए । उनीहरुको प्रतिस्पर्धा अमेरिकी जोडी ज्याक सक र फ्रान्सेस फाइफोसँग थियो ।

एक वर्ष कोर्ट बाहिर रहेका फेडररले अमेरिकी जोडीविरुद्ध शानदार खेल खेले, तर ४–६, ७–६ (७–२) र ११–९ ले खेल गुमायो ।

यो खेलमा फेडरर र नाडालको जोडीलाई फेडाल नाम दिइएको थियो र, यो हारका कारण फेडेररको २५ वर्ष लामो प्रोफेसनल करियर समाप्त भयो । उनले सिंगल्स र डबल्सको कुल १७५० खेल खेले ।

कोर्टमा आफ्नो सम्बोधनका क्रममा फेडररले आँसु रोक्न सकेनन् । उनले भनेका छन्, ‘म फेरि एक पटक भन्छु, यो एक शानदार यात्रा रह्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?