+
+

रसबरी र तेलको टिनमा लुकाएर लागूऔषध तस्करी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १४:३१

९ असोज, काठमाडौं । रसबरी र तेल राख्न प्रयोग हुने टिनको बट्टामा लुकाएर औषधिजन्य लागूऔषध तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चलाएको अपरेशनका क्रममा त्यस्ता बट्टामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो ।

ब्यूरोका एसपी योगेन्द्रबहादुर तिम्सिनाका अनुसार प्रहरीले २४ भदौमा ललितपुरको थसिखेलबाट पिकअप गाडीमा लुकाएर राखेको लागूऔषध बरामद भएको छ ।

बा ५ च ७१३८ नम्बरको पिकअपबाट प्रहरीले बुपेनोर्फिन, फेनारगन र डाइजेपाम बरामद गरेको थियो । गाडीका चालकलाई पछउँदै जाँदा प्रहरीले चुनिखेलस्थित लागूऔषध भण्डारण गर्न लिइएको कोठासम्म पुगेको थियो ।

त्यहाँबाट प्रहरीले ३९ वर्षका अर्जुन ढकाललाई पक्राउ गरेको छ । डेरामा थप लागूऔषध बुपेनोर्फिन, डाइजेपाम र फेनारगन २८४०/२८४० एम्पुल बरामद गरेको छ ।

प्रहरीले जम्मा ९ हजार ५२० एम्पुल औषधिजन्य लागूऔषध बरामद गरेको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका ढकाल डाँका मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?