+
+

थप ५१ जनामा कोरोना संक्रमण, १०० जना निको

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:५६

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार १०० जना निको भएका छन् । जसमध्‍ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५४४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?