+
+

टाटा मोटर्सको दशैं लक्षित ‘वडा पर्वको वडा अफर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:०१

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन ।

ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?