+
+

समानुपातिकको पहिलो नम्बरमा बस्न राणा र लोहनीको हानाथाप

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १९:००

९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समानुपातिकको खसआर्यतर्फ पहिलो नम्बरमा पशुपतिशमशेर राणा कि प्रकाशचन्द्र लोहनी को बस्ने भन्ने विवाद भएको छ ।

आइतबार पदाधिकारी बैठकमा पनि यसबारे छलफल भएको थियो । तर सहमति जुट्न सकेन ।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा खसआर्य पुरुषमा ‘डमी’ उम्मेदवारको नाम राखिएको छ ।

निर्वाचन आयोगले १६ असोजसम्म संशोधन गर्ने समय दिएको छ । एक पदाधिकारीका अनुसार पार्टीका पूर्वअध्यक्षद्वय राणा र लोहनी दुबै खासर्यको पहिलो नम्बरमा बस्न चाहन्छन् । ‘तीन पटक छलफल भइसक्यो, सहमति हुन सकेको छैन’, एक पदाधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?