+
+

‘तक्मे बुढा’ले ल्याए राजेशपायलको स्वरमा भुटानी शरणार्थीको कथा बोकेको गीत ‘माटो’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १२:४५

काठमाडौं । कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले राजेशपायल राईको स्वरमा ‘माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । भुटानी शरणार्थीको कथा प्रस्तुत गर्ने गीतमा विल्सनको शब्द, तोरेम्पा हाङ राईको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ ।

आफ्नो माटोको मायाको भाव समेटिएको गीतको भिडियोको निर्देशन विल्सनले नै गरेका छन् । भिडियोमा विल्सनका साथै रजनी गुरुङ, विशाल लिम्बू, शिशिर चम्लागाईं लगायतले अभिनय गरेका छन् ।

विक्रम डीसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोमा  नेपालीभाषी भुटानी शरणार्थीले आफू बसिरहेको ठाउँ एक्कासी छाड्नुपर्दाको भावुक क्षणलाई समेटिएको छ ।

‘भुटानी शरणार्थीहरुको जीवन नजिकैबाट नियालेको छु । मैले केही गर्न नसक्ने भए पनि एउटा गीतबाट उनीहरुको कथा-व्यथा समेट्ने प्रयास गरेको छु,’ विल्सनले भने,’ यसलाई गीतभन्दा पनि यो गीतिकथा भन्न रुचाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?