+
+

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १४:३०

१० असोज, काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ ।

सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनका अनुसार अब भने नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।

निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ । निगमले लामो समयदेखि अनलाइन टिकेटिङ सेवा थाल्ने बताए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?