+
+

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १६:१६

काठमाडौं । मण्डला थिएटरले आगामी मंसिर ९ देखि १७ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने जानकारी गराइयो । जसमा पाँच नेपाली नाटक छन् । २०० जना कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारासहित हुन लागेको नौ दिवसीय महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक मञ्चन हुनेछन् ।

भारत, उरुग्वे, कम्बोडिया लगायतका मुलुकबाट आएका कलाकार तथा अभियन्ताले कार्यशाला र तालिम सञ्चालन गर्ने भएका छन् । डेढ करोड रुपैयाँ बजेटमा आयोजना हुन लागेको फेस्टिभलमा सांस्कृतिक झाँकी, अन्तरक्रिया र छलफल पनि हुने भएको छ ।

फेस्टिभल संयोजक विजया कार्कीले इनोभेटिभ आइडिया अवार्डको पनि पत्रकार सम्मेलनमा घोषणा गरिन् । एक लाख रुपैयाँ राशी रहेको यो अवार्डमार्फत इच्छुकले निर्देशन, लेखन, निर्माण, अनुसन्धानजस्ता विधामार्फत आवाज प्रस्तुत गर्न सक्नुपर्नेछ । सोमबारदेखि नै अवार्डका लागि आवेदन समेत खुलेको छ ।

मण्डला नाटकघरका संस्थापक अध्यक्ष दयाहाङ राईले आफूहरुले नाटकलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको बताए । २-२ वर्षमा नाटक महोत्सव आयोजना गर्ने आफूहरुको उद्देश्य रहेको उनले सुनाए । रंगकर्मी तथा अभिनेता अनुप बरालले नाट्य अभियानलाई समृद्ध तुल्याउन एकताको जरुरी रहेको बताए ।

महोत्सव संयोजक कार्कीका अनुसार प्रतिष्ठित भारतीयसहित अन्य विदेशी पाहुनालाई पनि मास्टरक्लासको लागि निम्तो दिइए पनि अझै टुंगो नलागेको बताइन् । कोरोना महामारीका कारण फेस्टिभलको दोस्रो संस्करण हुन सकेको थिएन ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?