+
+

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १८:४०

१० असोज, काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।

आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?