
१० असोज, काठमाडौं । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न सहमत भएका छन् ।
स्थानीय चुनावपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका मिश्रले राप्रपासँग एकता गर्न निरन्तर वार्ता गर्दै आएका थिए । सोमबार पार्टी कार्यासम्पादन समितिबाट वरिष्ठ उपाध्यक्ष दिने औपचारिक निर्णय गराएर राप्रपा अध्यक्ष लिङ्देनले मिश्रसँग वार्ता गरेका थिए ।
मिश्रले सुरुमा अध्यक्ष लिङ्देनपछिको वरियतामा रहने गरी सहअध्यक्ष बनाउनुपर्ने बताएका थिए । तर पार्टीमा असन्तुष्टि देखिएपछि राप्रपाले राखेको वरिष्ठ उपाध्यक्षको प्रस्तावमा मिश्र सहमत भएका हुन् ।
त्यो छलफलमा पार्टी एकताका लागि सहमति जुटेको दुबै पक्षको स्रोतले पुष्टि गरेको छ । एक नेता भन्छन्, ‘वार्ता प्रक्रिया टुंगियो, भरेभोलि औपचारिक कार्यक्रम गरेर जानकारी दिन्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4