+
+

ओस्कारमा यस वर्ष दशककै तीव्र प्रतिस्पर्धा, ‘ऐना झ्यालको पुतली’ कति भाग्यमानी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:११

काठमाडौं । यतिबेला नेपाली फिल्मप्रेमीको ध्यान ओस्कार अवार्डमा सिफारिस फिल्म ‘ऐना झ्यालको पुतली’को सम्भावित मनोनयनतर्फ केन्द्रित छ ।

गत साता यो फिल्मलाई नेपालको छनोट समितिले अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गरेको थियो । भेराइटी म्यागजिनले त आगामी मार्चमा हुने ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधातर्फको प्रतिस्पर्धालाई यस दशककै ‘बढी प्रतिस्पर्धात्मक’ हुने भनेर उल्लेख गरेको छ ।

यसको अर्थ नेपालमा समेत दशककै उत्कृष्ट फिल्म भनेर समीक्षा प्राप्त गरेको सुजित बिडारी निर्देशित फिल्मसामु चुनौतीहरु तेर्सिएका छन् भन्ने हो । निर्माता रामकृष्ण पोखरेल फिल्मतर्फ ओस्कार मतदाताको रुझान ल्याउन लस एन्जलसतर्फ जाँदैछन् ।

भेराइटीले मुख्य पाँच फिल्मले यसपटक ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा जित्न सक्ने उल्लेख गरेको छ । जसमा बेल्जियमको ‘क्लोज’, डेनमार्कको ‘होली स्पाइडर’, अर्जेन्टिनाको ‘अर्जेन्टिना : १९८५’, मेक्सिकाको ‘बार्डो’ र दक्षिण कोरियाको ‘डिसिजन टु लिभ’ छन् ।

कोरियाको ‘डिसिजन टु लिभ’ले यसपटक कान्समा पाम दे ओर अवार्ड जितेको छ भने ‘बार्डो’ दुईपटक ओस्कार विजयी तथा ‘द रेभिनेन्ट’ निर्देशक आलेजान्द्रो इनारितु निर्देशित फिल्म हो ।

भेराइटीले नेपालको ‘ऐना झ्यालको पुतली’ अर्थात् ‘बटरफ्लाइ अन दी विन्डोपेन’लाई प्रतिस्पर्धाको सूचीमा मात्र राखेको छ । भारतबाट सिफारिस भएको गुजराती फिल्म ‘द लास्ट शो’ पनि यही सूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?