+
+

पहिलो उडानबाट नेपाल आउने पर्यटकलाई विमानस्थलमा स्वागत

४३औं विश्व पर्यटन दिवसको अवसर पारी मंगलबार पहिलो उडानबाट काठमाडौं आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १३:२३

११ असोज, काठमाडौं । ४३औं विश्व पर्यटन दिवसको अवसर पारी मंगलबार पहिलो उडानबाट काठमाडौं आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मंगलबार बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले विमानस्थलमा पर्यटकलाई स्वागत गरेको हो ।

काठमाडौंमा हिमालय एयरलाइन्सबाट अवतरण गरेका पर्यटकलाई स्वागत गरिएको हो । नेपालसहित विश्वभर मंगलबार विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा निकायले विभिन्न कार्यक्रम–गतिविधि गरिरहेका छन् । यस वर्ष ‘रिथिन्किङ टूरिजम’ नाराका साथ पर्यटन दिवस मनाइँदैछ ।

उता, पर्यटन दिवसको अवसर पारी भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई समेत भक्तपुरमा स्वागत गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरिएको हो । उनीहरुलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?