+
+

इमोजीले छोपेर निर्माताले सार्वजनिक गरे ‘जेरी २’की हिरोइन, नीति हुन् कि आना ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १६:४४

काठमाडौं । अनमोल केसीको प्रमुख भूमिका हुने फिल्म ‘जेरी २’की नायिका फाइनल भएकी छन् ।

निर्माता सरोज न्यौपानेले अनमोल केसी र अभिनेत्रीसँगको तस्वीर सेयर गरेका छन्, जसमा हिरोइनको अनुहारलाई स्माइली इमोजीले छोपेर गोप्य राखिएको छ ।

केही दिनअघि ती हिरोइनले फिल्म साइन गरेकी थिइन् । तस्वीरमा फ्लावर प्रिन्टसहितको गाउनमा ती नायिका क्युट देखिन्छिन् । सामाजिक सञ्जालमा सेयर भएको तस्वीरमा विभिन्न अभिनेत्रीको नाम अनुमानसहित उल्लेख गरिएको छ । धेरैले कमेन्टमा नीति शाह र आना शर्मामध्ये एक हुनसक्ने अनुमान गरेका छन् ।

निर्माता न्यौपानेले दर्शकमाझ कौतुहलता सिर्जना गर्न उक्त तस्वीर सेयर गरिएको बताए । ‘केही दिनमा औपचारिक सार्वजनिक गर्नेछौं । सबैलाई गेस गर्न खुला छ,’ उनले भने । स्रोतका अनुसार फिल्ममा सहकार्य गर्ने सम्बन्धमा नीतिसँग छलफल भएको थियो । तर यस विषयमा निर्माता न्यौपानेले भने स्वतन्त्र पुष्टि गरेका छैनन् ।

हेमराज बीसीले निर्देशन गर्ने यो रोमान्टिक फिल्मको छायांकन चुनावपछि सुरु हुने तयारीमा छ । अघिल्लो भागमा अनमोलले आना शर्मासँग अनस्क्रिन रोमान्स गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?