+
+

उर्गेन दोङको ‘लजालु मायालु’ ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १२:३५

काठमाडौं । फरक पहिचान, फरक संस्कृति, फरक परम्परा र फरक पहिरन रहेको तामाङ र थारु भाषाको ‘लजालु मायालु’ गीत अहिले युट्युबमा निकै चर्चित भइरहेको छ भने टिकटकमा भाइरल भइरहेको छ ।

यो गीत अहिले युट्युबको नेपाल ट्रेन्डिङमा म्युजिकतर्फ पहिलो स्थानमा रहेको छ । तामाङ र थारु भाषाको फ्युजन रहेको उक्त गीतको शब्दसँगै संगीत समेत मीठो भएकाले श्रोता-दर्शकले निकै रुचाएका छन् ।

‘लजालु मायाले गाजलु लाउँदा त झनझनै राम्ररी पो देख्यो नि हउ

लजालु भाकाले त्यो तिम्रो आँखाले हुरुक्कै भइयो यो ज्यान झन् बोलाउँदा तिमीले इशाराले’

गायक तथा संगीतकार उर्गेन दोङ र वीरेन्द्र दोङले संगीत भरेको लजालु मायाले गीतको थारु संगीत रोहन खत्रीले गरेका हुन् । थारु शब्दका साथै गीतमा तामाङ शब्दहरु मीठो गरी संयोजन गरिएको छ । जसले गीतलाई थप मीठो बनाएको छ ।

गीतमा गायक उर्गेन र गायिका अनु चौधरीले स्वर भरेका छन् ।

गीतमा उर्गेन दोङ, अनु चौधरी, रविन खत्री, आकांक्षा आचार्यले अभिनय गरेका छन् । भदौ २८ गते सार्वजनिक भएको गीत ५१ लाख ८८ हजार रुपैयाँ बढी पटक हेरिएको छ । तीन मिनेट १६ सेकेण्डको गीत बिरुन स्टुडियो नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?