+
+

हिलारीका ठूला उपलब्धि नेपाली हिमालमै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १६:१२

१२ असोज, काठमाडौं । मनास्लु हिमालको हिमपहिरोमा ज्यान गुमाएकी चर्चित आरोही हिलारी नेल्सनले आफ्ना ठूला उपलब्धि नेपाली हिमालमै प्राप्त गरेकी थिइन् ।

सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाइन् । २४ घण्टामा यी दुई हिमाल चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटन उकास्न मद्दत गरेको थियो ।

उनी मात्र होइन उनका पार्टनर जिम मोरिसन पनि आरोहणमा सक्रिय छन् । सन् २०१८ मा हिलारी र उनका श्रीमान जिमले ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगेका थिए । लोत्से हिमालको टुप्पोबाट फेदसम्म स्की गरेर पुग्ने नेल्सन र मोरिसन पहिलो जोडी हुन् ।

नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन् । सन् २००५ मा हिलारीले अक्सिजनको सहायताबिनै चोयु हिमालमा स्की गरेकी थिइन् । ८ हजार १८८ मिटर अग्लो चोयु विश्वकै छैंठो अग्लो हिमाल हो ।

मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन् । ८ हजार ४८१ मिटर अग्लो मकालु पाचौं अग्लो हिमाल हो । पार्टनर जिमसँग मिलेर उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड राखेकी थिइन् ।

सन् १९७२ मा जन्मेकी उनी स्की माउन्टेनर हुन् । दुई सन्तानकी आमा नेल्सन आफ्ना सन्तानलाई पनि हिमाल आरोहण सिकाउँथिन् । यसपटक मनास्लु हिमालमा इतिहास रच्न आएकी नेल्सनलाई हिमालले आफ्नो गर्तमा मिलायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?