+
+
Shares

अपाङ्गता भएका व्यक्तिलाई बन्दसूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १९:१६

१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् ।

उजुरीमा तिवारीले संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । अपाङ्गता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् ।

बन्दसूची बुझाउँदा दलहरुले संविधानकोे धारा १७६ (७), समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) को उल्लंघन गरिएको उजुरीमा उल्लेख छ ।

संविधानले अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्थालाई उल्लंघन गरिएको उजुरीमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?