+
+

राष्ट्रिय वाणिज्य बैंकले बिरुवा कन्स्ट्रक्सनलाई भन्यो- ३५ दिनभित्र ऋण चुक्ता गर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते ८:३७

१३ असोज, काठमाडौं । बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न राष्ट्रिय वाणिज्य बैंकले निर्देशन दिएको छ ।

बैंकले आजबिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ ।

बिरुवा कन्स्ट्रक्सनका शेयरधनीहरुमा काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँबानेश्वरस्थित बिरुवा कन्स्ट्रक्सनमा धनकुटा–६ घर भई हाल काठमाडौं–३४ का सुवित श्रेष्ठ, दोलखाको चरिकोट–४ घर भई हाल काठमाडौं–३४ का बालकृष्ण थापा र रामेछाप घर भई हाल काठमाडौं–१० का पेम्बा लामा शेर्पा छन् ।

रुपन्देहीको रूपन्देहीको बुटवल–बेलहिया सडक, पाँचथरको तमोर करिडोर, बेनी–जोमसोम–कोरला सडकखण्ड लगायतका थुप्रै निर्माण क्षेत्रमा बिरुवा कन्स्ट्रक्सनले काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?