+
+

‘कबड्डी ५’को घोषणा गर्दै रामबाबुले भने- काजीलाई अझै दुई वर्षको ग्याप चाहिने देखियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १२:३९

काठमाडौं । ‘कबड्डी ४’लाई फिल्मको अन्तिम श्रृंखला भनिएको थियो । सोहीअनुसार शीर्षक नै ‘फाइनल म्याच’ राखिएको थियो । दर्शकले पनि चौथो श्रृंखला नै अन्तिम हुनसक्ने अनुमान लगाइरहेका थिए ।

पख्नुस् पख्नुस्, त्यस्तो होइन । चौथो श्रृंखला नै ‘कबड्डी’को अन्तिम सिरिज होइन । फिल्मको पाँचौं सिक्वेललाई लिएर महत्वपूर्ण विकास भएको छ । पाँचौं श्रृंखला बन्नेछ र पटकथा लेखनको प्रक्रिया सुरु भएको छ ।

फिल्मको पाँचौं श्रृंखला सन् २०२४ मा रिलिज गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले दुई वर्षमा रिलिज हुने गरी आफूहरुले योजना बनेको बताए ।

‘काजी पात्रलाई अझै दुई वर्ष अन्तरको समय चाहिने देखियो । त्यसबीचमा उक्त चरित्रको जीवनमा आउने उतारचढावलाई हामीले पर्खिएका छौं,’ निर्देशक गुरुङले अनलाइनखबरसँग भने, ‘सोहीअनुसार सन् २०२४ मा प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ ।’

‘कबड्डी ४’ फिल्मको अन्त्यमा काजी र शान्ति मिस एक भएको देख्न सकिन्छ । निर्माताले फिल्मको स्पिनअपस्वरुप ‘मिस्टर बमकाजी’ बन्ने बताए पनि यसबारे भने थप खुलाइएको छैन ।

गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को सुटिङ सकिएको छ र सबै कास्ट एण्ड क्रिउ काठमाडौंमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?