+
+

ईसेवाले ल्यायो ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना

हरेक दिन उपहार जित्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १५:००

काठमाडौं । ईसेवाले दशैं पर्वलाई लक्षित गरी ‘दशैंको उमंग, डिजिटल सपिङसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

यो योजना १० असोजदेखि २४ असोजसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार यस योजना अन्तरगत ईसेवा एपमा रहेको एक रुपैयाँ योजनामा भाग लिई विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । यस्तै १ रुपैयाँ योजनामा भाग लिंदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि भारतको नयाँ दिल्लीसम्मको हवाई टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी १ रुपैयाँ योजनामै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जी मोबाइल प्राप्त गर्न सक्नेछन् भने २० जनाले ईसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । १ रुपैयाँ अफरमा सहभागी भई विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।

यसैगरी प्रयोगकर्ताले ईसेवामा दशैं अफर सेग्मेन्टमा गई विशेष छुटमा टप ब्राण्डहरु सीजी, आइएनए सेन्टर, आइटीटीआई लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ ।

विशेष छुटमा रेफ्रिजेरेटर,ल्यापटप,वासिङ मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस अफर अवधिभर अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

यस्तै दराज डिस्काउन्ट भौचरमार्फत एक सय रुपैयाँदेखि एक हजार एक सय रुपैयाँसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट , २ सयदेखि २१ सय रुपैयाँसम्म ५ सय रुपैयाँ, ५ सयदेखि ५ हजार १ सयसम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत ईसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत, टीएस आरमाोराइमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?