+
+

यू-१७ फुटबल टिमलाई प्राइम सेरामिक्सको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १५:४८

१३ असोज, काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टिमलाई प्राइम सेरामिक्सले बिहीबार नगदसहित सम्मान गरेको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे । अग्रवालले खेलाडी र अफिसियलला२ ५-५ हजार प्रदान गरेका हुन् ।

सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग ४-० ले पराजित हादै उपविजेता बनेको थियो ।

नेपाली यू १७ टिपम अहिले भियतनाममा हुने यू-१७ एसियन कप छनोटमा सहभागी हुँदैछ।

प्राइम सेरामिक्सका अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भविष्यमा नेपाली युवा टिम मात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टिम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुखेसो पोखे । ‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो, यसले समग्र टिमलाई हौसला दिनेछ । भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौँ,’ श्रेष्ठले भने ।

टिमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए । अनि श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे ।

यू-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपाल र आयोजक भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्डसँग खेल्नेछ । यस्तै अक्टोबर ७ मा भियतनाम र अक्टोबर ९ मा चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?