+
+

बुमराहले टी-२० विश्वकप गुमाउने सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १५:५३

१३ असोज, काठमाडौं । भारतीय पेस बलर जसप्रित बुमराहले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप गुमाउने सम्भावना बढेको छ ।

भारतीय एजेन्सी रिपोर्टका अनुसार बुमराह टी-२० विश्वकपबाट बाहिरिसकेको स्पोर्ट्स स्टारले उल्लेख गरेको छ ।  ‘ब्याक इन्जुरी’ का कारण बुमराहले यसअघि युएईमा भएको एसिया कप गुमाएका थिए ।

बुमराहले चोटबाट फर्केपछि अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेल खेलेका थिए । जहाँ उनले चार ओभरमा ५० रन खर्चिएका थिए । जुन उनको टी-२० करियरकै खराब बलिङ थियो ।

अहिले बीसीसीआईको मेडिकल टिमले बुमराहको निगरानी गरिरहेको छ । तर बुमराहलाई अझै रिकभर हुनका लागि चार हप्ता लाग्ने सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ । जसले गर्दा छनोटकर्ताले उनको स्थानमा अर्को खेलाडी हेर्नुपर्ने हुन सक्छ ।

नेशनल क्रिकेट एकेडेमीको फिजियोले बुमराहको शल्यक्रिया गर्नुपर्ने वा नपर्नेबारे केही समयमै बताउने इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?