+
+
Shares
कविता :

चाडपर्व अनि नौजवानको लस्कर

श्याम गैरे श्याम गैरे
२०७९ असोज १४ गते १२:१८

यता एकान्त छ,

लेख्नलाई शान्त छ,

हल्ला छ त

कापी, किताब र कलमको छ ।

यता मुखहरु बन्द छन्,

घोषणापत्र मौन छन्,

त कतै अग्रिम जीतको शंखघोष हुँदैछ

भने मान्छेहरुको महंगीले होस् उड्दैछ ।

यता  चाडपर्व आउँदैछन्

आराने दाइ धारिलो हतियार बनाउँदैछन्,

गाउँलेहरु खसी समाउँदैछन्,

खुसीमा रमाउँदैछन्,

तासका खालहरु जम्दैछन्,

खोरखोरे खेलाउँदै छन्,

सपेराले सर्प नचाए झैं पैसा नचाउँदैछन्,

सरकार, जनताका आँखामा खरानी छर्न खोज्दैछ,

गफलाई जनताको मनको भित्तामा कमेरो झैं बसाउँदैछ,

भने परदेशबाट आएको रातो बाकसले,

श्रीमतीको सिन्दूर खोस्दैछ,

रातो टीका पुछ्दैछ,

परिवारका सपनाहरु चुस्दैछ

अनि सरकार भने

अपराधीलाई तक्मा बाँड्दैछ,

स्वरोजगारको सपना बाँड्दैछ,

टिकट बाँड्दैछ,

प्रतिपक्ष भने हास्य कलाकारको रोजगारी खोस्दैछ

र त उता एयरपोर्टमा

नौजवानहरुको लस्कर छ ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?