+
+

नारायणी नदी किनार सौन्दर्यकरण गर्न टेन्डर आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १२:५५
Renu Dahal/Facebook

१४ असोज, चितवन । नारायणी नदी किनारलाई समुद्री किनारको मोडलमा सौन्दर्यकरण गर्ने योजना अनुसार काम गर्न बोलपत्र आह्वान भएको छ ।

नारायणी नदी व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो ।

मेयर रेणु दाहालका अनुसार यो योजनाअनुसार नारायणी नदीको भरतपुर खण्ड र नारायणघाटदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा तटबन्धसहित सौन्दर्यकरण गरिने छ ।

नदी किनारमा बगैंचा, पार्किङ, खेल मैदान, वाक वे (पैदल हिंड्ने स्थान) लगायतका संरचना बनाइने छ । यो योजनाबाट नदीले गर्ने कटान पनि नियन्त्रणमा आउने विश्वास छ ।

नारायणी नदी किनारको  सौन्दर्यकरण योजनामा २० करोड लागत लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?