News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा अड्किँदा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।
- एसपी रामेश्वर पौडेलले पुलको गैंडाकोटपट्टिको पिल्लरमा क्रुजसिप अड्किएको र पानीको सतह तथा बहाब बढिरहेको बताउनुभयो।
११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ ।
नदीले बगाएको क्रुजसिप बगेर पुलको पिलरमा आएर अड्किएको छ ।
पुलको पिलरमा क्रजुसिपले धक्का दिएपछि अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ ।
यो सँगै पूर्व–पश्चिम राजमार्ग पनि बन्द भएको हो ।
एसपी रामेश्वर पौडेलका अनुसार, केहीबेरदेखि पुलमा सवारी आवतजावत बन्द गरिएको हो ।
‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।
उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4