
काठमाडौं । आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ । भारतीय फिल्म उद्योगलाई उनले पुर्याएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ ।
उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल आयोजना गरेको छ ।
यस्तै पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । जसमा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुप्के फिल्म समेत देखाइने भएको छ ।
मुम्बईको जुहुस्थित पीभीआरमा अमिताभ बच्चनको इतिहासलाई सम्झिने कार्यक्रम पनि राखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4