+
+

दोस्रो सप्ताहन्त पनि ‘प्रेमगीत ३’को अकुपेन्सी उत्साहजनक, दुई अंकको कमाइ गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १७:३९

काठमाडौं । ‘प्रेमगीत ३’ले दोस्रो शनिबार पनि बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । दशैं बिदाको ‘फेस्टिभ मुड’को फाइदा पनि फिल्मले उठायो । पहिलो साताभन्दा दोस्रो सप्ताहन्तमा फिल्मको मल्टिप्लेक्स अकुपेन्सीमा ठूलै अंकको गिरावट देखिएको छैन ।

क्यूएफएक्ससहित मुलुकका ठूला मल्टिप्लेक्समा दोस्रो सप्ताहन्तको अकुपेन्सी शनिबार ५० देखि शतप्रतिशत देखिएको छ । ‘नयाँ रिलिजभन्दा पनि हामी दोस्रो शनिबार पनि माथि देखिएका छौं,’ निर्माता सन्तोष सेनले अनलाइनखबरसँग भने ।

फिल्मले आइतबारदेखि तुलनात्मक रुपमा नयाँ रिलिजभन्दा राम्रो शो प्राप्त गरेको छ । आइतबार क्यूएफएक्समा ‘बाबरी’को शो भन्दा ‘प्रेमगीत ३’लाई बढी शो दिइएको छ ।

दशैं बिदाको अवधिभर ‘प्रेमगीत ३’लाई फाइदा के हुनसक्छ भने मोफसलमा फिल्मको कमाइ बढ्न सक्छ । किनभने दशैंतिहारजस्ता ठूला पर्वमा काठमाडौंभन्दा मोफसलमा नेपाली फिल्मको कमाइ उच्च हुने बक्स अफिस इतिहास छ । खासगरी बुटवलदेखि नेपालगञ्जसम्मको बेल्टमा ‘प्रेमगीत ३’को क्रेज उच्च देखिएको छ । रिलिजपूर्व निर्माताले चलाएको आक्रामक पब्लिसिटीको फाइदा पनि फिल्मलाई छ ।

निर्माता सेनका अनुसार फिल्मले पहिलो साता ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । दोस्रो साता फिल्मले १० करोडको आँकडा नेपाली बक्स अफिसमा पार गर्ने अनुमान निर्माताको छ । के प्रदीप खड्का स्टारर फिल्म त्यो कोशेढुंगा पार गर्न समर्थ होला ? चासोको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?