+
+

रामायणमा आधारित प्रभास अभिनित फिल्म ‘आदिपुरुष’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते २०:०४

काठमाडौँ । प्रभास स्टारर प्रतीक्षित फिल्म ‘आदिपुरुष’को टिजर सार्वजनिक भएको छ । फिल्ममा कृति सेनन, सैफअली खान र सन्नी सिंहको पनि प्रमुख भूमिका छ ।

फिल्ममा कृतिले सीताको भूमिका निर्वाह गरेकी छन् भने सैफअली रावणको भूमिकामा छन् । अयोध्यायको सरायु नदीको किनारमा आयोजित विशेष कार्यक्रममा टिजर सार्वजनिक भएको हो ।

आकर्षक भीएफएक्स र डरलाग्दो लंकेश्वर रावणसँग प्रभासको द्वन्द्वको कारण टिजर दर्शनीय बनेको छ । रामायणमा आधारित फिल्मले असत्यमाथि सत्यको जितको कथा भन्छ ।

जनवरी १२, २०२३ मा फिल्म रिलिज हुने तयारीमा छ । ओम राउत निर्देशित फिल्म आइम्याक्स र थ्रीडीमा समेत रिलिज हुने जनाइएको छ । हेर्नूस टिजर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?