+
+
Shares

‘बाबरी’को प्रेसमिटमा निर्देशक पौडेल र नवल खड्काले मागे भुवन केसीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १८:४३

काठमाडौं । प्रदर्शनमा अन्याय भएको भन्दै फिल्म ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको आरोप लगाए । निर्माता संघका अध्यक्ष खड्काले त दशैंपछि बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने समेत घोषणा गरे ।

निर्देशक पौडेलले नेपाली फिल्मको हितमा काम गर्न नसक्ने हो भने बोर्ड अध्यक्ष भुवन केसीले पद छाड्दा हुने सुझाव थिए ।

‘बाबरी राम्रोसँग चलिरहेको छ । मान्छेले मनपराइरहनुभएको छ । टाइममा शो भएन भन्नुहुन्छ । नेपाल चलचित्र विकास बोर्डले किन नेपाल राखेको अगाडि ? फिल्म प्रवर्द्धनको लागि होइन ?’ पौडेलले भने, ‘त्यो विकास बोर्ड किन राखेको ? किन त्यसलाई खारेज नगर्ने ?’

हलवालालाई बोर्डले दायरामा ल्याउनुपर्ने बताउँदै निर्देशक पौडेलले शो विभाजन नगरेकोमा आक्रोश व्यक्त गरे ।

विदेशी फिल्म देखाएर नेपाली फिल्मको प्रवर्द्धन गर्ने हो भने विकास बोर्डको जरुरी नरहेको भन्दै निर्माता संघका अध्यक्ष खड्का पनि आक्रोशित सुनिए । ‘विदेशी भाषाको डब गरेर नेपाली भाषा र चलचित्रप्रति अतिक्रमण गर्नेविरुद्ध हामी चाँडै आन्दोलनमा जान्छौं,’ खड्काले भने, ‘नेपालमा महिनामा एउटा मात्र विदेशी फिल्म चल्ने वातावरण बनाउनुपर्छ ।’

अभिनेता धीरज मगरले आफू बेलायतमा बस्ने नेपाली भए पनि नेपाली फिल्ममा भविष्य बनाउने उद्देश्य बोकेर नेपाल आएको बताए । अभिनेत्री अदिती बुढाथोकीले बाबरीविरुद्धको विभेदविरुद्ध सबैजना एकजुट हुनुपर्ने बताइन् ।

शुक्रबारदेखि रिलिज भएको फिल्म बाबरीको शो समय र विभाजनमा हल सञ्चालकले विभेद गरेको र यसविरुद्ध बोर्ड मौन बसेको आरोप फिल्म निर्माताको छ ।

केही महिनाअघि रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा गरेर फिल्म प्रकाशले पनि हल सञ्चालकप्रति आक्रोश व्यक्त गरेको थियो । अभिनेता प्रदीप खड्काले त ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?