+

वर्षमै दुई करोडको ‘टुथपिक’ खपत : चिकित्सक भन्छन्, ‘दाँत कोट्याउनु हानिकारक’

२०७९ असोज  १८ गते ७:२४ २०७९ असोज १८ गते ७:२४
वर्षमै दुई करोडको ‘टुथपिक’ खपत : चिकित्सक भन्छन्, ‘दाँत कोट्याउनु हानिकारक’

दशैं जस्तो चाडपर्वमा माछामासु धेरै नै खाइन्छ । माछामासु खाएपछिको समस्या हो, दाँतमा अल्झने । यस्तो बेला स-सना सिन्कोले दाँत कोट्याउने आम प्रवृत्ति छ ।

त्यसो त माछामासु खाएको बेला मात्र होइन, अन्य दिनमा पनि खाना खाइसकेपछि दाँत कोट्याउने बानी हुन्छ । सामान्य लाग्ने यो बानी कति खर्चिलो रहेछ भने भन्सार विभागको पछिल्लो तथ्यांकले छर्लङ्ग पार्छ ।

तथ्यांकले देखाउँछ चालु आर्थिक वर्षमा यसपाली नेपालीले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको सिन्कोले दाँत कोट्याएका छन् । अर्थात कूल ८४ हजार ३ सय ८७ किलोग्राम बराबरको सिन्को खपत विदेशबाट खपत भएको छ ।

जबकि दन्त रोग विशेषज्ञहरु भन्छन्, ‘यसरी दाँत कोट्याउँनु उचित हुँदैन । यसले दाँतलाई कमजोर बनाउँछ ।’

त्यसो भए दाँतमा अल्झिएका खानेकुरा कसरी निकाल्ने ? यसको सही विधी के हुनसक्छ ?

दन्त रोग विशेषज्ञ डा. विप्लव अधिकारी भन्छन्, ‘संभव भएसम्म सिन्कोले दाँत कोट्याउनु हुँदैन । यसरी कोट्याउँदा गिजामा घाउ हुने, पाक्ने, सुनिने भएर दाँतमा फोहोर जम्ने हुन्छ । दाँतमा खाल्डो पर्ने र त्यसैमा किटाणुहरु रहने जोखिम हुन्छ ।’

दाँतमा टुथपिक भाँचिन सक्छ

कतिपय यस्ता समस्या पनि देखिने गरिएको छ कि, दाँतको चेपमा टुथपिक भाँचिएर त्यही अड्किने । जति गर्दा पनि सिन्को निकाल्न नसकेपछि उनीहरु चिकित्सककहाँ पुग्ने गरेका छन् ।

‘यस्तो अवस्थामा आरसिटी गर्नुपर्ने वा दाँत निकाल्नुपर्ने पनि हुनसक्छ’ डा. अधिकारी भन्छन् ।

कतिपयले दाँतभित्र अड्किएका यस्ता सिन्को निकाल्दैनन् । त्यसले बिस्तारै समस्या दिन थालेपछि अरु जटिलता थपिन सक्ने डा. अधिकारीको भनाई छ । ‘दाँतको बीचको खाली भागमा अल्झिएको सिन्कोले गर्दा संक्रमण हुने, अन्य खानेकुरा पनि त्यही जमेर बस्ने जस्ता समस्या हुन्छ’ उनी भन्छन्, ‘यो स्थिती रहिरह्यो भने दाँत र गिजामा निकै हानि पुग्छ ।’

दाँतमा अड्किएको खानेकुरा कसरी झिक्ने त ?

कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले राम्ररी कुल्ला गर्ने, औंलाले दाँत घोट्ने वा हल्का ढंगले ब्रस गर्ने उपाय उचित हुने डा. अधिकारीको सुझाव छ । दाँतमा खानेकुरा अल्झिएमा डेन्टल फ्लोस वा इन्टर डेन्टल ब्रस प्रयोग गरेर खानेकुरा निकाल्न सकिन्छ ।

डेन्टल फ्लोस भनेको धागोले दाँतको कुनाकाप्चाबाट खानेकुरा निकाल्ने विधी हो । यो साामन्य धागोभन्दा फरक हुने डा. अधिकारी बताउँछन् । यस्तो धागो सजिलै चुडिने वा टुक्रिने हुँदैन ।

इन्टर डेन्टल ब्रस पनि प्रयोग गर्न सकिन्छ, जुन अन्य ब्रसको तुलनामा सानो हुन्छ ।

दाँतको फ्लोस गरिसकेपछि नुन राखिएको मनतातो पानीले दाँत कुल्ला गर्नु उचित हुन्छ । यसरी कुल्ला गर्दा सुन्निएको गिजा ठीक हुने र संक्रमणको जोखिम पनि हुँदैन ।

डेन्टल फ्लोस सधैभरी आफुले बोकेरै हिँड्न सकिन्छ । इन्टर डेन्टल ब्रस दिनमा दुई पटक प्रयोग गर्न सकिन्छ । यी दुबै चिज डेन्टल क्लिनिक, मेडिकल वा डिपार्टमेन्ट स्टोरहरुमा सजिलै पाइन्छन् । डा. अधिकारीका अनुसार खानेकुरा खाने वित्तिकै फ्लोस गर्ने बानीले ९० प्रतिसतसम्म दाँतको समस्या कम हुन्छ ।

टुथपिक दाँतमा अड्किए
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज