+
+

तलेजु भवानीको मन्दिरमा  दर्शनार्थीको भीड (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज १८ गते ९:५०

१८ असोज, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भीड लागेको छ ।

वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने तलेजु मन्दिरमा भक्तजनले बिहानैदेखि लाइनबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

महाअष्टमीको राति कालरात्रि पूजा गरी मन्दिरमा ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?