+
+

बर्दियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १०:५७

१८ असोज, काठमाडौं । बर्दियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे१ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका-४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?