+
+

मधुले राजेश हमालको खुट्टा ढोगेपछि पक्ष र विपक्षमा बाँडिए फ्यान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १३:१२

काठमाडौं । आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल विजयादशमीको भोलिपल्ट मात्र दशैं टीका लगाउँछन् । यसपटक पनि उनले विहिबार टीका लगाए ।

दिदी र भिनाजुको हातबाट हमाल दम्पतीले टीका ग्रहण गरे । त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी छन् ।

मधुले खुट्टा ढोगेको यो तस्वीर यतिबेला ट्वीटर र फेसबुकमा भाइरल बनिरहेको छ । यो तस्वीरको पक्ष र विपक्षमा फ्यानले मत जाहेर गरेका छन् ।

कतिपयले खुट्टा ढोगाउनुलाई पटक्कै मन नपरेको प्रतिक्रिया दिएका छन् भने कतिपयले ढोगेको कति दामी देखिएको भन्दै प्रशंसा गरेका छन् ।

कमेन्टमा कविता घर्ती मगर लेख्छिन्, ‘सहरका शिक्षित भनिएका व्यक्तिहरुको त यो हालत छ । बिचरा गाउँका चेलिबेटीको झन् के हालत होला ?’ ट्वीटरमा निर्मला शर्माले फोटो सेयर गर्दै यी फोटाबारे केही भन्नुछ भनेर लेखेकी छन् ।

रुपेन कार्की लेख्छन्, ‘राजेश दाजु, मलाई आजसम्म तपाईं मन पथ्र्यो । यो ढोगाउने काम चाहिँ पटक्कै मनपरेन तपाईंको ।’ रिदम ठकुरी लेख्छन्, ‘हाम्रो महानायक राजेश हमाललाई ढोगेको कति दामी देखिएको ।’

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । विरोध गर्नेहरु पनि उत्तिकै । धेरैले मधुले संस्कारलाई पछ्याउँदै हमाललाई ढोगेको पनि कमेन्ट गरेका छन् ।

जेहोस्, हमाल दम्पतीलाई नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएको र आदर्शवान जोडीको रुपमा लिइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?