+
+

मामाघर जान निस्किएका बालकको शव फेला पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते २०:०६

२१ असोज, त्रिशूली । मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडौंको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनको अनुसार ककनी–१ सिमटारबाट बिरुवातर्फ ससुराली जाने क्रममा शिवराम घिमिरेले चलाइएको बा ८० प ७९७० नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको चार वर्षीय छोरा श्रेयान र आठ वर्षीया छोरी वेबिसा घिमिरेलाई कोल्पुखोलाले बगाएको थियो ।

बेबिसालाई घटना लगत्तै घाइते अवस्थामा उद्धार गरे पनि उपचारको क्रममा निधन भएको थियो भने श्रेयानको शव शुक्रबार साँझ भेट्टिएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक तथा उक्त बच्चाको बुबा शिवराम घिमिरे सामान्य घाइते भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?