+
+

रातभरि बैठक बसेर कांग्रेसले टुङ्ग्यायो देउवासहित १० उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते ७:४०

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शनिबार झिसमिसे बिहानसम्म बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभातर्फ नै हाल उद्योगमन्त्री रहेका संस्थापन इतरका नेता दिलेन्द्र प्रसाद बडुलाई दार्चुलाबाट उम्मेदवार बनाउने भएको छ भने बाजुराबाट संस्थापन इतर नेता सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । उनी पहिलोपटक चुनाव लड्दैछन् ।

अछाम जिल्ला सभापति पुष्पबहादुर शाहलाई अछाम २ बाट उम्मेदवार बनाउने निर्णय भएको छ भने मुगुका सभापति ऐनबहादुर शाहीले पनि अवसर पाउने भएका छन् । उनी मुगुबाट सर्वसम्मत सिफारिस भएका थिए ।

मनाङबाट पूर्वमन्त्री टेकप्रसाद गुरुङ उम्मेदवार बन्ने भएका छन् भने अघिल्लो निर्वाचनमा पराजित सीता गुरुङले तेह्रथुमबाट पुनः अवसर पाउने भएकी छन् ।

त्यस्तै प्रदेशतर्फ जुम्ला ख बाट ललितजङ्ग शाही र तेह्रथुम क बाट सन्तोष सुब्बाले अवसर पाउने भएका छन् । ताप्लेजुङ ख बाट खेगन सि‌ंह हाङवाङलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको संसदीय बोर्डले गरेको छ ।

कांग्रेस संसदीय बोर्डको शनिबार बस्ने बैठकले बाँकी उम्मेदवारहरू तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?