+
+

माओवादीले टुंग्यायो मधेसका चार जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १४:१५

२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चार जना उम्मेदवारको टुंगो लगाएको छ ।

दुई उम्मेदवारको अझै टुंगो लाग्न बाँकी छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेस प्रदेशका ३२ मध्ये ६ सिट पाएको छ ।

त्यसमध्ये धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने तय भएको छ ।

सर्लाही ३ र रौतहट ३ को भने प्रतिनिधिसभा सदस्य उम्देवार तय भइनसकेको सचिव गणेश साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?