+
+

बासुदेवको टिकट खोसियो, रुपन्देही-५ मा एमालेको उम्मेदवार खिमलाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:५१

२३ असोज, काठमाडौं । नेकपा एमालेले रुपन्देही-५ को टिकट बासुदेव घिमिरेबाट खोसेर खिमलाल भट्टराईलाई दिएको छ ।

रुपन्देही-३ बाट घनश्याम भुसाल र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको नाम सिफारिस भएको थियो । यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गर्‍यो ।

शनिबार भुसालले पार्टी परित्याग गरेको घोषणा गरेपछि घिमिरेलाई रुपन्दही-५ को टिकट दिने भनिएको थियो । घिमिरेले उम्मेदवारी दर्ताको तयारी गरेका थिए ।

तर उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर उनको टिकट खोसिएको छ र खिमलालले नै टिकट पाएका छन् । उनले अनलाइनखबरसँग भने, ‘हातमा टिकट छ, उम्मेदवारी दर्ता गर्न जान विमानस्थलमा छु ।’

भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?