+
+

सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:०५

२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका का अध्यक्ष कमल थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको बताएका छन् । मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेपछि थापाले भने, ‘नेकपा एमालेको लोकप्रिय चिन्ह ‘सूर्य’बाट चुनाव लडन पाउँदा खुसी लागेको छ ।’

आठौं पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका थापालाई नेकपा एमालेको साथ रहेको छ । ‘देश र जनताको हितमा इमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धताका साथ नेकपा एमालेको सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु,’ मनोनयनपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु ।’

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । उनलाई उक्त चुनावमा लोकतान्त्रिक गठबन्धनको साथ थियो ।

एमालेले थापालाई समर्थन गरेसँग एमाले मकवानपुरका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?