+
+

विश्वप्रकाश शर्माले गराए झापा-१ मा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:२१
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । यसपटक शर्माले नेकपा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी दर्ता गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?