+
+

सिन्धुपाल्चोक-१ मा सापकोटाले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:३७

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो ।

माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका सापकोटा पहिलो पटक चुनाव लड्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?