+
+

कैलाली–५ मा एमालेबाट पूर्वमन्त्री रानाले गरे उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १८:४१

२३ असोज, धनगढी । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले कैलालीका इन्चार्जसमेत रहेका रानाले कैलाली-५ बाट मनोनयन दर्ता गराएका हुन् ।

रानाले २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई ५ हजार मत अन्तरले पराजित गरेका थिए ।

क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा पूर्व प्रदेशसभा सदस्य नेपालु चौधरी र  प्रदेशसभा (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष समेत रहेका दुर्गा जोशीले मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?