+
+

ग्रिन हाइड्रोजनमा नेपालले विश्वव्यापी नेतृत्व गर्नुपर्छ : शेष घले

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:२८

२४ असोज, काठमाडौं । एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा सुरु भएको पहिले नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन शत्रमा बोल्दै घलेले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी एक अध्ययनले नेपाल र साउदी अरबले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा बिक्री गर्न सकिने देखाएको भन्दै उनले अब यो उर्जामा नेपालले विश्वव्यापी नेतृत्व लिनुपर्ने बताए ।

‘हाम्रो दौड सुरु भएको छ र हामी पहिलो भएको कपीराइट पाएका छौं । नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि यो सम्मेलन कोशेढुंगा हो,’ घलेले थपे,‘वातावरण प्रदुषण रोक्न, विश्व उर्जा संकटमा नेपालको उपस्थिति देखाउन ग्रिन हाइड्रोजन उत्पादनमा नेपालबाटै यो सुरुवात गर्न र नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी छ ।’

यो अभियानले ऊर्जा मात्रै नभई नेपालमा रासायनिक युरिया मलको अभावलाई पनि चिर्ने घलेले बताए । नेपाल अब जलविद्युतबाट हाइड्रोजनतर्फको यात्राका लागि तयार हुनुपर्ने भन्दै उनले सहकार्य र लगानीका लागि सबै क्षेत्र तयार हुनुपर्ने र राज्यले पनि नीतिगत सहजता गरिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?