+
+

लुम्बिनीमा जसपाका २९ जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १३:१३

२४ असोज, बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनीका २९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरेको छ भने बाँकी जिल्लामा एकल उम्मेदवारी दिएको छ । लुम्बिनी प्रदेशका ९ जिल्लामा एकल उम्मेदवारी दर्ता गराएको पार्टीको केन्द्रीय निर्वाचन तयारी समितिका सदस्य मनिकर कार्कीले बताए ।

जसपाको तर्फबाट बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि रेशम बहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभातर्फ १(क) मा दिलीप बर्मा र १ (ख) मा कृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ (क) मा शान्ता पौडेल र २(ख) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन् ।

बाँकेको क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ राम बहादुर यादव तथा प्रदेशसभा तर्फ १ (क) मा अम्मर बहादुर खड्का र १ (ख) मा लाल बहादुर शाह उम्मेदवार बनेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा भौतिक पूर्वाधार विकास मन्त्री तथा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज मोहम्मद इस्तियाक राई प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (क) मा अदेश अग्रवाल र २(ख) मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन् ।

बाँके जिल्लाकै क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि नोयन्द्र धिताल उम्मेदवार बनेका छन् भने प्रदेशसभा तर्फ ३ (क) मा गयासुद्दिन खान र ३ (ख) मा विजय कुमार पाठकले उम्मेदवारी दिएका छन् ।

दाङ जिल्लाको क्षेत्र नं. १ को प्रदेशसभातर्फ १(क) मा जगतराम यादव उम्मेदवार बनेका छन् भने क्षेत्र नं. ३ को प्रतिनिसिभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन् ।

जसपाले अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेशसभातर्फ टुकबहादुर तेवालीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गुल्मी जिल्लाको प्रदेशसभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ ।

पार्टीका तर्फबाट पाल्पा जिल्ला क्षेत्र नं. १ मा मेहरमान राना प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि द्रुपता सोमै उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (क) मा खिक बहादुर रेश्मी उम्मेदवार बनेका छन् ।

नेकपा एमालेसँग चुनावी तालमेलमा रहेका तीन जिल्लाहरुतर्फ भने जसपाले नवलपरासी जिल्लाको क्षेत्र नं. २ को प्रदेशसभा २ (ख) मा धरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

रुपन्देही जिल्लामा तीन सिट पाएको जसपाले क्षेत्र नं. ३ को प्रदेशसभातर्फ ३ (क) मा महेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधिसभातर्फ ओम प्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् भने ४ कै प्रदेशसभातर्फ ४ (ख) का लागि राम अवतार यादव उम्मेदवार बनेका छन् ।

त्यसैगरी कपिलवस्तु जिल्लामा प्रदेशसभातर्फ तीन जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ को प्रदेशसभातर्फ १ (ख) मा मेवालाल यादव, २ (ख) मा अब्दुल रसिद खान र ३ (ख) मा अशोककुमार यादवले उम्मेदवारी दिएका कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?