+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
कविता :

यहाँ अचम्म छ

श्याम गैरे        श्याम गैरे       
२०७९ असोज २४ गते १३:१८

भर्खरै परीक्षा सकेर

वयस्क रुखको आयु रोकेर

त्यै रुखको काठमा

भुरुंग  तास्दैथ्यो आशे

बसेर फाँटमा

जहाँ

भुरुंग जसरी नाच्दा नाच्दै धेरै प्रेमिल जोडीका

सपनाका  शीतलहरहरु  छोडिंदै थिए

यता कुखुराका भालेहरु नाचिरहन्थे

यता जोडीका जीवन्त रंगहरु साँचिन्थे

धानका बाला झैं झुल्थे

आशे र कुमारीका सपनाहरु

पर्खिरहन्थे आशाहरुलाई

हिउँदमा  प्रभातको सूर्यलाई झैं

खोला झैं बगिरहेथ्यो उनीहरुको प्रेम

प्रेमालय पुग्ने बाटोमा

तर

किसानले त्यै खोलालाई नै कुलो बनाएर

खेतमा ल्याएदेखि

अहिले यो आशे र कुमारीको जोडी

खोइ किन हो कुन्नि खेतमै हराइरहेछन्

दिनमा उनीहरुलाई न त देश तिखार्ने चिन्ता छ

न देशको दुर्दशाको नै

छ त चिन्ता फगत धानमा बस्ने चराहरु

पाक्ने बेलाको धान काट्ने हतियार

ठूलो गाह्रो

खलो

नाङ्लो

फूलप्रसादको

सँगै चमेरे चेत

अनि

प्रेम सम्हाल्ने भकारीको

रात्रिमा धरतीले ताराहरुको दर्शन गर्दैछ

चन्द्रमा फलमा रस भर्दैछ

बिरुवा पातमा  शीतलहर भर्दैछन्

सिकारी सिकार खोज्दैछ

मन भने हुलाकको पोस्ट बक्समा पसेको छ

हुलाकी दाइ घरायसी बिदामा बसेको छ

भने

आशे र कुमारी भने भुरुंग झैं नाच्दै

खोजिरहेछन् गणितको परीक्षामा उपयोगी  सूत्रहरु झैं

त केवल घर बसाउन

सँगै सपनाका शीतलहरहरुमा जीवनको खुसी पसाउन

हे ईश्वर भनिदेऊ न मलाई

प्रेम र कामको भिन्नताबारे खुलाई

सुन ए जीव हो

काम अन्धो छ

शीतहरुमा  पौडिन खोज्ने  भीमकाय शरीर झैं

प्रेम अहैतुकी छ

अप्रतिहता छ

र त यो संसारमा अभाव छ

यहाँ छ त

काम

क्रोध

लोभ

मोह

इर्ष्या

र अहंकार छ

जसभन्दा माथि  प्रेम छ

यहाँ अचम्म छ

किनकि,

यहाँ कामको खेतमा चलेको  प्रेमको व्यापार बुझाउने मान्छेको सधैं अभाव छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?