+
+

रोनाल्डोले गरे ७०० गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १३:५०

२४ असोज, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ७०० औं गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा एभर्टनमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा रोनाल्डोले ४४औं मिनेटमा विजयी गोल गरेका थिए ।

त्यसअघि पाँचौं मिनेटमै एलेक्स इओवीले गोल गर्दै घरेलु टोली एभरटनलाई अग्रता दिलाएपनि कायम राख्न सकेन । १५औं मिनेटमा एन्टोनीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए ।

रोनाल्डोले २० वर्षमा क्लबका लागि ९४३ खेल खेल्दै ७०० गोल गरेका हुन् । उनले पोर्चुगलका लागि १९१ खेल खेल्दै ११७ अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् ।

रोनाल्डोले रियल मड्रिडका लागि सर्वाधिक ४५० गोल गरेका छन् । यस्तै युभेन्ट्सका लागि १०१ गोल गरेका छन् । दोस्रो स्पेलमा युनाइटेडमा खेलिरहेका उनले १४४ गोल गरेका छन् । स्पोर्टिङका लागि ५ गोल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?